विराटनगर । बलात्कार आरोपमा उदयपुरमा एकजना पक्राउ परेका छन् । कटारी नगरपालिका–८, बेलटार मरुवाका ५० वर्षीय टंकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
४५ वर्षीया एक महिलाको बलात्कार गरेको उनीमाथि आरोप छ । सोमबार दिउँसो उनलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।