इन्टरनेट जोड्दा सेकेन्डरी राउटर पनि दिँदै वल्र्डलिंक

विराटनगर । नेपाल दुरसंचार प्राधिकरणको तथ्याङ्ग अनुसार नेपालमा १३८ ओटा कम्पनीले इन्टरनेट सेवा प्रदान गर्ने लाइसेन्स लिएको छन् ।

प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार केवल वायरलेस र फाइबर सबै मिलाएर नेपालमा २८ लाख ६० हजार घरपरिवारमा फिक्स्ड ब्रोड्ब्याण्ड पुगेको देखिन्छ ।

इन्टरनेट सेवाको गुणस्तरमा इन्टरनेट सेवा प्रदायकहरुमाथि प्रश्नहरु उठने गर्दछ । प्रायः नेपालका प्राय ईन्टरनेट सेवा प्रदायकले ईन्टरनेट जडान गर्दा एक वटा मात्र राउटर दिने गर्दछन् । नेटवर्क पूर्वाधारले नेटवर्क कति भरपर्दो र विश्वसनीय रहने भन्ने निर्धारण गर्दछ भने ग्राहकहरुको घरमा वाइफ़ाइ कभरेज कस्तो छ भन्ने कुराले ग्राहकको इन्टरनेट अनुभवलाई धेरै फरक पार्दछ ।

अहिले सबै जस्तो इन्टरनेट सेवाप्रदायकले १०० वा १०० एमबीपीएस माथिको इन्टरनेट दिइरहेका छन् । यस्तोमा ठूलो अथवा धेरै कोठाहरु वा तल्ला भएको घरमा समेत एउटै इन्टरनेट कनेक्सन पर्याप्त हुन थालेको छ । तर, एउटा मात्र राउटरले वाईफाई कभरेज नदिने हुँदा समस्या झेल्दै आएको छन् । कम्पनीले दिने एउटै राउटरले सबैतिर कभरेज दिन भने सक्दैन । यस्तोमा बजारबाट सेकेन्डरी राउटर खरिद गरेर राख्ने गरिन्छ । जसका लागि कम्तिमा २५०० रुपैयाँ खर्चिनुपर्ने हुन्छ ।

यस्तोमा देशकै ठूलो इन्टरनेट सेवाप्रदायक वर्ल्डलिङ्कले मेस राउटरको अवधारणाको रूपमा आफैँले सेकेन्डरी राउटरको विकल्प समेत दिइरहेको छ । जुन खर्चका हिसाबले मात्र नभएर वाई–फाई तथा इन्टरनेटको अनुभवको हिसाबले समेत उत्तम विकल्प हुने कम्पनीको दावी छ ।

हाल बजारमा सिङ्गल ब्याण्ड, डुअल ब्याण्ड र डुअल ब्याण्ड प्लस मेस राउटर, सिक्सजी  गरी फरक–फरक प्रविधिमा आधारित राउटर उपलब्ध छन् । डुअल ब्यान्ड सहितको मेस राउटर राख्दा घरभरी सबैतिर उच्च गतिको एउटै वाईफाई नेटवर्क विस्तार हुन्छ । यसको अर्थ सामान्य किसिमको सेकेन्डरी राउटर लिएर राख्दा जस्तो यसमा छुट्टाछुट्टै वाईफाई नेटवर्क नभएर एउटै वाईफाई हुन्छ ।

जसले गर्दा एउटा तल्लाबाट अर्को तल्लामा जाँदा समेत वाईफाई कनेक्सन टुट्दैन । साथै छुट्टाछुट्टै वाईफाई नेटवर्क हुँदा एक अर्कोमा स्वीच गरिरहनु पर्ने पासवर्ड बदल्न अलगै राउटरको सेटिङ चलाउनुपर्ने झन्झट पनि यसमा रहँदैन ।

इन्टरनेट बजारमा सेकेन्डरी राउटरका लागि टीपी लिङ्क, एमआई लगायतका अनेकौं विकल्प छन् । यता इन्टरनेट सेवाप्रदायकले आफ्ना ग्राहकलाई ईन्टरनेट जडान गर्दा नोकिया, ह्वावे, जेडटीई लगायतका राउटर उपलब्ध गराउँदै आएका छन् । बजारमा सिङ्गल ब्याण्ड राउटरका लागि कम्तिमा २५०० रुपैयाँ पर्न आउँछ । डबल ब्याण्ड राउटरको मूल्य भने ५ हजार रुपैयाँसम्म हुने गरेको छ ।

बजारमा सबैभन्दा प्रभावकारी मानिएको डबल ब्याण्ड प्लस मेस राउटरको मूल्य ४ हजार ५ सय रुपैयाँभन्दा माथि छ । यस्तोमा वर्ल्डलिङ्कले उपलब्ध गराउने नोकियाको डबल ब्यान्ड प्लस मेस राउटर सस्तो देखिन्छ ।

वर्ल्डलिङ्कका ग्राहकले तीन महिना, छ महिना र एक वर्षका लागि इन्टरनेट जडान गर्दा थप केही शुल्क बुझाएर यस्तो राउटर लिन सक्छन् । कम्पनीका अनुसार ग्राहकले ३ महिना र ६ महिनाको लागि इन्टरनेट जडान गर्दा २ हजार रुपैयाँ रेन्टल र १५ सय डिपोजिट तिरेर एउटा बिकन राउटर राख्न सक्छन् ।

जसमध्ये १५०० रुपैंया डिपोजिटको रुपमा रहन्छ, जुन इन्टरनेट प्रयोग गर्न बन्द गरेसँगै फिर्ता पाइन्छ । अझ एक वर्षका लागि इन्टरनेट जडान गर्ने ग्राहकलाई त कम्पनीलाई डिपोजिटको रूपमा १५०० रुपैयाँ बुझाए पुग्छ ।

आफ्नो कोठासम्म वाइफ़ाइ सिग्नल नआएर दिक्क भएका, वाइफ़ाइको नाम नेटवर्क रुम र घरको तलानै पिच्छे फरक भएर समस्यामा परेकाहरुलाई साथै घरमा ५ जीको पुरा वाइफ़ाइ कभरेज नभएकाहरुलाई यो सबै समस्याको समाधान वर्ल्ड्लिङ्कको नोकिया बिकनले गर्दछ ।

बजारमा पाइने सेकेण्डरी राउटरभन्दा भिन्न यो राउटरलाई वर्ल्ड्लिङ्ककै एपबाट कन्ट्रोल गर्न सकिने कम्पनीले जनाएको छ । यसले तपाईको घरभरि नै एउटै नेटवर्कको सिर्जना गरेर वाइफ़ाइको नाम स्विच गरिराख्नु पर्ने झन्झटबाट मुक्ति बनाउने कम्पनीले दाबी गरेको छ ।

२.४ र ५ गिगाहर्ज दुवै फ्रिक्वेन्सीमा काम गर्ने नोकिया बेकनले वाइफ़ाइलाई थप भरपर्दो र बलियो बनाउने हुनाले अनलाइन् गेमीङ्ग भिडियो स्ट्रिमिङ्ग भिडियो कन्फरेस गर्नुपर्ने साथै उच्च गतिको इन्टरनेट आवश्यकता पर्ने ग्राहकहरुको लागि झनै उपयुक्त रहेको कम्पनी जनाएको छ ।

बिहिबार, २६ पुष, २०८०, दिउँसोको ०४:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर