विराटनगर । नेपालमा कोरोना भाइरसको नयाँ ‘सब भेरियन्ट’ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार साँझ विज्ञप्ति जारी गर्दै मुलुकमा कोरोनाको नयाँ सब भेरियन्ट ‘जेएन डट वान’ पुष्टि भएको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जिन सिक्वेन्सिङ गर्दा नेपालमा पहिलोपटक कोरोनाको नयाँ सब भेरियन्ट पुष्टि भएको जनाए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ वटा एन्टिजेन पोजेटिभ नमुनाको जिन सिक्वेन्सिङ गर्दा नेपालमा सातवटा नमुनामा कोरोनाको नयाँ सब भेरिएन्ट पुष्टि भएको उनले जानकारी दिएका छन् ।

कोरोनाको नयाँ सब भेरियन्ट ‘जेएन डट वान’ पछिल्लो एक महिनायता विश्वभर तीव्र रूपमा फैलिरहेको छ ।