काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यशैली बदल्ने घोषणा गरेका छन् । मंगलबार राष्ट्रका नाममा सम्वोधन गर्दै उनले अब नीति कार्यक्रम र बजेटको तयारी तथा नीतिगत काममा केन्द्रित हुने बताए ।
सरकारले एक वर्षमा हासिल गरेको उपलब्धीको विवरण सुनाउँदै प्रचण्डले यो अवधिमा धेरै काम भए पनि आफू पूर्ण सन्तुष्ट नरहेको उल्लेख गरे ।
उनले पूर्वनिर्धारित र अपरिहार्यबाहेक बाहिरको कार्यक्रममा नजाने बताए ।
‘सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानविन्दू हुन्छ । यो साता प्रधानमन्त्री कार्यालयको संरचना बदल्दैछु’, प्रधानमन्त्रीले भने, ‘म अब समस्याको जरो छाडेर हाँगा छिमल्ने गल्ति गर्दिनँ