विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–४ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
हिंजो राती साढे १० बजे पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ४५२५ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको को २० प ५८५४ नम्बरको मोटरसाईकल अचानक ठोक्किई दुर्घटना भएको थियो ।
र्दुघटनामा परी मोटरसाईकल चालक सुन्दरहरैंचा–७ का २५ वर्षीय भुपाल मगर, सोही मोटरसाईकलमा पछाडी सवार ३२ वर्षीय भीम बहादुर मगर र २८ वर्षीय बिक्रम माझीलाई उपचारको लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएकोमा उपचारको क्रममा माझीको मृत्यु भएको हो । घटनामा संलग्न दुवै सवारी साधन र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

