धनकुटा । प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेपाली कांग्रेसका प्रदेश सभापति उद्धव थापाले नेपाली कांग्रेसले अब झापाको केचनाबाट सगरमाथासम्मको पदयात्रा संचालन गर्ने बताएका छन् ।
धनकुटामा पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै थापाले केही समयभित्र नै नेपालको सवैभन्दा होचो भुभाग झापाको केचनादेखी शुरु गरेर विश्वको सवैभन्दा अग्लो सगरमाथाको वेश क्याप्पसम्मको पदयात्रा संचालन गर्ने बताए ।
पार्टी संगठन विस्तार गर्दै यस प्रदेशको विकास र समृद्धिका लागि अध्ययन अवलोकनका साथ छलफल अन्र्तक्रिया गर्ने थापाले बताए । कोशी प्रदेशमा कांग्रेसले नेता कार्यकर्ताहरुको उचित मुल्याकन गर्दै जिम्मेवारी पनि प्रदान गर्दै नया ढंगबाट पार्टी संचालन गर्ने उनको भनाई छ ।
सो अवसरमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रर्व प्रदेशमन्त्री प्रदिप सुनुवारले मुलुकमा समस्या नेपाली कांग्रेसले मात्र समाधान गर्न सक्ने दाबी गरे । धनकुटाका जिल्ला सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई,नगर उपसभापति अभिषेक कर्माचार्य लगायतले नेपाली कांग्रेसलाई अव यूवाहरुको भावना अनुरुप अगाडी बढाउनु पर्नेमा जोड दिदै पार्टी संगठनका लागि विभिन्न सुझावहरु दिएका थिए ।

