सुनसरी । इटहरी उपमहानगरपालिका –२ शान्त झोडा एक वृद्धको हत्याको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
७० वर्षीय मधुमाया पुरीको हत्या अभियोगमा सोही ठाउँ बस्ने ४० वर्षीय सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको हो । राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको प्रहरी चौकी तरहराले जनाएको छ।
आफ्नै घर नजिक रहेको गाई गोठमा मल सोहोर्दै गरेको अवस्थामा राईले पछाडिबाट खुकुरी प्रहार गर्दा पुरी गम्भीर घाइते भएका थिए।
पुरीको धरानको घोपामा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले उनलाई खुकुरीसहित पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

