विराटनगर । ९ पटक मुद्दा खेपेर जेल जीवन बिताएका एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले चिचिला गाउँपालिका–३ बाट एक किलो ४ सय ५६ ग्राम गाँजासहित विकास राईलाई पक्राउ गरेको हो ।

गाउँलेलाई कुटपिट गरेको आरोपमा पक्राउ गर्ने क्रममा उनको साथबाट गाँजा बरामद गरिएको डिएसपी घनश्याम श्रेष्ठले बताए । पक्राउ परेका राईले २०६५ देखि २०७६ सम्म ९ वटा विभिन्न प्रकारका मुद्दामा जेल जीवन बिताइसकेको उनले बताए । यसअघि राईले ६ पटक सार्वजनिक मुद्दा, २ पटक ज्यान मार्ने उद्योगको मुद्दा र १ पटक लागु औषध मुद्दा खेपिसकेका छन् ।

विभिन्न प्रकारको अपराध गरेपछि कैद सजाय भुक्तान गरेपछि राई पुन स् अपराधमा आउने गरेको प्रहरीको अभिलेखमा देखिन्छ