माओवादीको विशेष अभियान : उपचार गर्न नपाएका नरजितले पाए उपचार

विराटनगर । माओवादीले संचालन गरिरहेको तीन महिने विशेष रुपान्तरण अभियानको क्रममा एक बिरामीले उपचार पाएका छन् ।

‘घरघरमा माओवादी, जनजनमा माओवादी’ नाराका साथ उदयपुरगढी–१ ब्वासे पुगेका माओवादीको अभियान टोलीले स्थानीय ४० वर्षीय नरजीत राईलाई उपचार गर्ने व्यवस्था गरेको हो । अभियानका प्रमुख तथा माओवादी केन्द्रका नेता मुक्सामहाङ मेयाङबो ‘मुकेश’ नेतृत्व टोलीले एम्बुलेन्सको व्यवस्था गरी राईको उपचारका लागि धरान घोपा क्याम्प पुर्याएको हो ।

क्षयरोगले ग्रस्त नरजितलाई उपचारका लागि आर्थिक अभाव भएर ओछ्यानमै थलिएका थिए । तीन वर्ष अगाडि नरजितकी श्रीमतीलाई पनि सोही रोग लागेको थियो । रिण लिएर श्रीमतीको उपचार गराएका नरजित आफैं थलिएपछि भने परिवार नै संकटमा परेको थियो । अभियानका क्रममा उनको अवस्था दयनिय देखेपछि उपचारका लागि लगेको मेन्याङ्बोले बताए ।

सोमबार, १८ मंसिर, २०८०, साँझको ०६:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर