संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकामा कामबाट निकालिएपछि करारका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
कामबाट हटाइपछि करारका कर्मचारीले सोमबार चैनपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सन्तोश श्रेष्ठको कार्यकक्षमा तालाबान्दी गरेका हुन् ।
लोकसेवा आयोगबाट स्थायी कर्मचारी आएपछि करार सेवाका कर्मचारी हटाइएको चैनपुर नगरपालिका नगर प्रमुख कृष्णकुमार तामाङले जानकारी दिए । स्थायी कर्मचारी आएपछि नगरपालिकाले करार सेवामा कार्यरत प्राविधिक होमनारायण सापकोटा, मधुकर राई र किरण राईलाई हटाएको थियो ।
उनीहरुले पुनर्वहालीको माग राख्दै प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखामा तालाबन्दी गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत र प्रशासन शाखामा तालाबन्दी गरेर करारका कर्मचारी आन्दोलित बनेपछि काम कारबाही प्रभावित बनेको छ ।
काम कारबाही प्रभावित भएपछि सबै पक्षसँग समन्वय गरेर ताला खुलाउन पहल भइरहेको नगरपालिकाले जनाएको छ । उनीहरुले विभिन्न ५ बुँदे माग राख्दै प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

