काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा आज आदेश आउने सम्भावना रहेको छ । उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार बिहीबार बहस सकिएकोले आज आदेश आउने सम्भावना छ ।

मुद्दामा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलाशमा निरन्तर सुनुवाइ हुँदै आएको थियो ।​

नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी नेता टेकनाथ रिजालसहित १६ जना प्रतिवादीलाई कारागारमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो ।