ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले १ सय भन्दा बढी व्यक्तिहरूलाई सम्मान गर्ने

विराटनगर । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले १ सय भन्दा बढी व्यक्तिहरूलाई सम्मान गर्ने भएको छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र विराटनगरले बिहीबार पत्रकार सम्मेलन गरेर मंसिर १६ गते शनिवार १ सय जना सामाजिक व्यक्तिहरूलाई सम्मान गर्न लागिएको जनाएको छ ।
कोसी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्ययतामा कार्यक्रम गर्ने आयोजकले जनाएको छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्रका १० जनाको टिम सम्मानका लागि भारतबाट नेपाल आइसकेका छन् ।

समाज परिवर्तनको क्षेत्रमा महत्त्वपूर्ण योगदान गरिरहेका विशिष्ट व्यक्तिहरूलाई सम्मान गर्न लागेको सेवा केन्द्रले जानकारी गराएको छ ।

बिहिबार, १४ मंसिर, २०८०, साँझको ०५:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर