विराटनगर । योगेश भट्टराई सवार गाडीमा तोडफोड गरेको अभियोगमा पक्राउ परेका दुई कार्यकर्ता रिहा भएपछि मेची राजमार्ग र ताप्लेजुङ बन्दको कार्यक्रम फिर्ता भएको छ ।
प्रदेश १ पुनः नामांकन संघर्ष समिति संयोजक डम्बर पालुङवाले अनिश्चितकालका लागि घोषणा गरिएको बन्दको कार्यक्रम फिर्ता भएको बताए ।
मंसिर १० गते ताप्लेजुङ सदरमुकाम बाट राजधानी फर्कने क्रममा भट्टराई सवार गाडीमा तोडफोड भएको थियो । गाडी तोडफोड गरेको अभियोगमा पाथीभरा याङवरक गाउँपालिका –३ तिरिङ्गेका विपिन र आनन्द कङलीवालाई प्रहरीले पक्राउ गरेको थियो ।
उनीहरुलाई पक्राउ गरेको विरोधमा प्रदेश १ पुनः नामांकन समितिले मंगलबार मेची राजमार्ग र बुधबार मेची राजमार्गसहित ताप्लेजुङ बन्दको घोषणा गरेका थिए ।