विराटनगर । जंगली हात्तीको आक्रमणमा परी सुनसरीमा एक युवाको ज्यान गएको छ ।

हात्ती धपाउन गएका इटहरी उपमहानगरपालिका– २ का रविन खड्काको  हात्तीकै आक्रमणबाट ज्यान गएको हो ।

हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

बुधवार राति करिब साढे ९ बजेतिर बूढासुब्बा चौक क्षेत्रमा जंगली हात्ती पसेको थियो ।

धपाउने क्रममा खड्कामाथि हात्तीले आक्रमण गरेको हो ।

केही दिनदेखि झापा, मोरङ तथा सुनसरीमा जंगली हात्तीले वितण्डा मच्चाउन थालेको स्थानीयले बताएका छन् ।