विराटनगर । भ्रामक र मिथ्या सूचना विरुद्धको दुई दिने कार्यशाला विराटनगरमा हुने भएको छ । नेपालस्थित अमेरिकी दुतावास अन्तर्गतको युवा परिषदमा आबद्ध युवाहरुको समूह, प्रोजेक्ट जागरणले बिद्यार्थीहरुलाई सशक्त पार्ने उदेश्यले कार्यशाला आयोजना गर्न लागेको हो । भ्रामकरमिथ्या सूचना विरुद्ध युवा तथा बिद्यार्थीहरुलाई सशक्त पार्ने उदेश्यले कार्यशाला गर्न लागेको हो ।

भोली र पर्सि विराटनगरको शिक्षादीप कलेज र अरनिको कलेजमा कार्यशाला आयोजना गरीने आयोजकले जनाएको छ । कार्यशालामा युवा परिषदमा आबद्ध युवाहरुले भ्रामकरमिथ्या सूचना विरुद्ध तयार पारेका सामाग्रीहरु प्रस्तुत गर्नेछन् । कार्यशालाका सहभागिहरुले सहि सूचना र मिथ्या सूचनाबीचको फरक छुट्टयाउन विभिन्न विधीहरुसमेत सिकाइने छ ।

मंगलबार बिहान पत्रकारहरुसँगको भेटघाटमा प्रोजेक्ट जागरणकी संयोजक श्रृजा खनालले मिथ्या सूचनाको प्रभाव केही हदसम्म न्यून गर्न प्रोजेक्ट जागरण सुरु गरेको बताइन् । ‘सामाजिक सञ्जालमा मिथ्या सूचनाको बाढी नै छ,’ उनले भनिन्, ‘केही हदसम्म न्युन गर्न र सर्वसाधारणलाई मिथ्या सूचना र सहि सूचना बीचको फरक बुझ्न सजिलो बनाउन हामीले प्रोजेक्ट जागरण सुरु गरेका हौं।’

उनका अनुसार प्रोजेक्ट जागरण गलत र भ्रामक सूचना विरुद्ध युवाहरुलाई सचेत पार्दै समुदायलाई सशक्त पार्ने अभियान हो ।