कोशीबाट ८२ करोडको अलैंची प्याकेजिङ गरी निर्यात

विराटनगर । झापाका एक युवाले देशभै पहिलो पटक अलैंची प्रशोधन उद्योग खोलेर ८२ करोड बराबरको अलैंची प्याकेजिङ गरि निर्यात गरेका छन् ।

झापाको अर्जुनधारा–८ का निर्मल भट्टराईले एभरेष्ट लार्ज कार्डमम इण्डष्ट्रिज प्रा.लि. उद्योगमार्फत अलैंची भारत निर्यात गरेका हुन् ।

अप्रशोधित अलैंची भारत निर्यात गर्दै आएका उनले भारतका उद्योगीले नेपालको अलैंची प्रशोधन गरेर भारतको उत्पादन भन्दै तेस्रो मुलुक बेचेको पाएपछि आफैं प्याकेजिङ थालेका हुन् । दुई वर्ष अगाडि अलैंची प्रशोधन उद्योग खोलेका उनले अझै पनि प्रशोधित अलैंची तेस्रो मुलुक भने पठाउन सकेका छैनन् ।

‘प्रशोधन नगरिएको अलैंची भन्दा प्रशोधन गरेर प्याकेजिङ गरेको अलैंचीको मूल्य २० देखि २५ प्रतिशत बढी आउँछ,’ उनले भने, ‘हामीले हाम्रो अलैंची भारत पठाइरहेका छौं । तर, भारतले प्याकेजिङ र लेवलिङ गरेर तेस्रो मुलुक पठाइरहेको छ ।’ भारतले नेपाली अलैंची प्याकेजिङ गरेर आफ्नो भन्दै पठाइरहेको बेला आफैंले प्याकेजिङ गर्ने र ग्रेडिङ गर्ने उद्देश्यले उद्योग खोलिएको उनले बताए ।

भारतले सस्तोमा लगेर महँगोमा प्याकेजिङ गरि अलैंची नेपाल नै पठाइरहेको देखेर उद्योग खोलेको भट्टराईले बताउ । बाबुको पालादेखि निर्यात व्यापार गर्दै आएको उनको परिवारले आफ्नो अनुभवको आधारमा प्रशोधन उद्योग खोलेर निर्यात थालेको हो ।

उद्योगको प्रशोधन गर्ने कार्यमा आफू टिकिरहेको बताउने उनी संघर्षको चरणमा रहेको बताउँछन् । प्रशोधन गरेको वस्तुको खपत र बजार व्यवस्थापनमा अझै पनि केही समस्या रहेको भन्दै उनले अब तेस्रो मुलुकमा पठाउन काम गर्ने बताएका छन् । अहिलेसम्म नेपालको आप्mनो बाहेक अलैंची प्रशोधन उद्योग नरहेको बताउँदै उनले अन्य व्यवसायीहरुले पनि साना–साना लगानीका अलैंची प्रशोधन उद्योग खोल्नुपर्ने सुझाब दिएका छन् ।

भट्टराईले उद्योगबाट प्रशोधन भएको अलैंचीका उत्पादित सामाग्रीहरु भारतबाहेक तेस्रो मुलुक निर्यात गर्ने तथा विभिन्न खानाका परिकारहरुमा अलैंचीको प्रशोधित मसलाहरुको उपयोग कसरी गर्न सकिन्छ भनेर अध्ययन थालिरहेको बताए । तेस्रो मुलुक पठाउन नीतिगत समस्या रहेको उनले बताए । भारतले आफैं प्याकेजिङ गरेको अलैंची लिन नचाहको उनको अनुभव छ । भरातका ब्राण्डेड कम्पनीहरुले प्याकेजिङ गरेर तेस्रो मुलुक पठाइरहेकोले ‘प्रोडक्ट नेपाल’ भनेर भारतमा ब्यापार गर्न सरकारको सहयोग चाहिने उनले बताए ।

भट्टराईको उद्योगमा अलैंचीका चारवटा आइटम उत्पादन हुन्छ । अलैंचीको पाउडर, अलैंचीको दानाबाट बनेको माउथ फ्रेसनर, ग्रेडिङ अलैंचीलाई ५० ग्रामदेखि १ किलोसम्म प्याकेजिङ र अलैंचीको दाना निकालेर विभिन्न खाना परिकारमा प्रयोग गर्ने उद्देश्यले प्याकेजिङ गरेर बजारमा लगिरहेको उनले जानकारी दिए । अघिल्लो वर्ष ३२ करोडको निर्यात गरेको उद्योगले गत वर्ष ५० करोडको उत्पादन गरेकोमा नेपालमा १ करोड बराबरको मात्रै खपत भएको उनले सुनाए ।

भारतसँगको प्रतिस्पर्धा नै मुख्य समस्या देखेका भट्टराईले बंगलादेशमा निर्यात गर्ने प्रयास गरेपनि त्यहाँ ३५ प्रतिशत ड्यूटी रहेकोले समस्या भएको बताए । भुटानबाट शून्य प्रतिशत भन्सारमा अलैंची बंगलादेश गइरहेकोले नेपाली उत्पादन पठाउन समस्या भएको उनको गुनासो छ ।

अर्कोतिर भारतले मुम्बई पोर्टबाट १५ दिनमै बंगलादेख अलैंची पुर्याउने गरेकोम नेपालबाट २ महिना लाग्ने गरेको भट्टराईले बताए । नेपाली उत्पादनले पनि मुम्बई पोर्ट प्रयोग गर्न पाउने हो भने छिटो जान सक्ने उनले बताए । त्यसकारण नेपाल सरकारले यस्ता विषयमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

अहिलेसम्म भारत निर्यात गर्न कुनै अवरोध नभए पनि भारतले जस्तै सहज तरिकाले तेस्रो मुलुक लैजान भने नपाएको उनको गुनासो छ । सरकारले गुणस्तरीय अलैंची उत्पादन कसरी गर्ने भनेर सोच्नेभन्दा निर्यातको डाटा मात्रै गनेर बसिरहेको उनी बताउँछन् । ‘सरकारले अलैंची प्रशोधन उद्योगको प्रबद्र्धनका लागि उत्पादित अलैंचीको गुणस्तर, रोग, किरा, विषादीको प्रयोग लगायतको विषयमा ध्यान दिनुपर्छ’ उनले भने, ‘‘किसानलाई सहुलियतपूर्ण कर्जा पनि दिनुपर्छ । भट्टी र प्रोसेसिङ सेन्टरहरुको विकास गर्नुपर्छ ।’

भन्सार विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको चार महिनामा नेपालबाट २ अर्ब १५ करोड ६० लाख ९५ हजार रुपैयाँको अलैँची निर्यात भएको छ । जुन गत वर्षको तुलनामा झण्डै १९ करोड रुपैयाँले बढी हो । नेपाली अलैंचीको बजार भारत र पाकिस्तान हो ।

मङ्गलबार, १२ मंसिर, २०८०, दिउँसोको ०२:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर