एनसीडिए मोरङको अध्यक्षमा देशबन्धु ढकालको उम्मेदवारी घोषणा

विराटनगर । नेपाल औषधी व्यवसायी संघ (एनसीडिए) मोरङको उपाध्यक्ष देशबन्धु ढकालले संघको दोस्रो अधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी मंसिर २० गते हुने संघको संघको दोस्रो अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

२०५३ सालदेखि औषधी व्यवसायी क्षेत्रमा आबद्ध भएका ढकाल यसअघि संघको निर्वाचनमा उपाध्यक्ष पदमा सर्वाधिक मत ल्याएर निर्वाचित भएका थिए । संघको प्रथम अधिवेशनमा उपाध्यक्षमा सर्वाधिक मत ल्याए ‘म्यान अफ द इलेक्सन’ घोषित भए ।

औषधी व्यवसायीहरूको हकहितमा खटिने ढकाल व्यवसायीहरु माझ निक्कै लोकप्रिय रहेका छन् । व्यवसायीको हकहितमा लागि पर्ने, स्वच्छ र मर्यादित व्यवसाय सञ्चालन गरी औषधी व्यवसायीहरूलाई समाजमा हेर्ने दृष्टिकोण राम्रो बनाउन सधैँ लागि परेको कारणले उनी औषधी व्यवसायीहरु माझ लोकप्रिय रहेका छन् । उनलाई यस पटकको निर्वाचनमा अध्यक्षमा निर्विरोध निर्वाचित गर्न व्यवसायीहरु लागि परेका छन् । त्यसको लागि वर्तमान अध्यक्ष, सल्लाकार, अग्रज व्यवसायीहरु ढकाललाई नेतृत्वमा ल्याएर औषधी व्यवसाय क्षेत्र स्वच्छ र मर्यादित रूपमा सञ्चालन गरिनुपर्नेमा जोड दिँदै आएका छन् । संघ र व्यवसायलाई समय दिन सक्ने र परेको बेला काम गर्न सक्ने क्षमता भएका ढकाललाई सर्वसम्मत नेतृत्वमा ल्याउन अहिले व्यवसायीहरु लागि परेका छन् ।

संघमा आबद्ध ४५० जना सदस्यीय रहेका छन् । १३ सदस्यीयको लागि उनीहरूले निर्वाचनमा मतदान गर्नेछन् ।

सोमबार, ११ मंसिर, २०८०, साँझको ०६:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर