विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले स्वास्थ्य तथा सीप विकास समिति विस्तार गरेको छ । महासंघले कार्यकारी सदस्य राजन श्रेष्ठको सभापतित्वमा रहेको समिति विस्तार गरेको हो ।
समितिमा डा. फरवार्ड सिलवाल, डा. शिव अधिकारी, विकास अधिकारी, कुमार खतिवडा, बाबुराम खतिवडा, योगेन्द्रप्रसाद मेहेता र आभाष श्रेष्ठलाई सदस्य चयन गरिएको छ ।
समितिका सदस्यहरुलाई महासंघका अध्यक्ष राजेन्द्र राउतले प्रमाणपत्र हस्तान्तरण गरे । उनले अहिलेको अवस्थामा समितिले स्वास्थ्य र सीप विकासको क्षेत्रमा महत्वपूर्ण कार्य गरेर प्रदेशको स्वास्थ्य सेवा तथा सीपतर्फ सहयोग गर्ने विश्वास व्यक्त गरे ।