रेडक्रस सोसाइटीलाई सामाग्री प्रदान

विराटनगर । मोरङको कटहरी गाउँपालिका वडा नम्बर ३ ले नेपाल रेडक्रस सोसाइटी कटहरी उपशाखालाई कार्यालय सञ्चालनमा आवश्यक सामाग्री प्रदान गरेको छ ।

वडा कार्यालयले रेडक्रस कटहरी उपशाखालाई स्टिल दराज सोफा सेट,प्लास्टिक कुर्सी रिभल्भिंग कुर्सी र अफिस टेबल प्रदान गरेको हो । कटहरी ३ का वडाध्यक्ष जदुलाल कामतले नेपाल रेडक्रस सोसाइटी कटहरी उपशाखाका सभापति यशोधर कामतलाई ती सामाग्री हस्तान्तरण गरेका हुन ।

रेडक्रसलाई १ लाख ६५ हजार मूल्य बराबरको सामाग्री प्रदान गरिएको वडा सचिव कविता रिजालले जानकारी दिइन । गत वर्ष गाउँपालिकाको बजेटबाट रेडक्रस उपशाखाको भवन निर्माण गरिएको भए पनि फर्निचर अभावमा कार्यसम्पादन गर्न समस्या रहेको देखेपछि वडाको बजेटबाट कार्यालय सञ्चालनमा आवश्यक सामाग्री उपलब्ध गराइएको वडाध्यक्ष कामतले बताए । कटहरी गाउँपालिका कार्यालय छेउमै आर्थिक वर्ष २०७९÷८० मा रेडक्रस उपशाखाको ४ कोठे भवन निर्माण गरिएको थियो ।

आइतबार, १० मंसिर, २०८०, साँझको ०५:४० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर