ताप्लेजुङमा एमालेको कार्यक्रममा अबरोध गर्ने पहिचानवादीको प्रयास

विराटनगर । नेकपा एमालेका सचिव योगेश भट्टराईको उपस्थितिमा ताप्लेजुङमा आयोजित चियापान कार्यक्रममा पहिचानवादीहरूले अवरोधको प्रयास गरेका छन् ।

आइतबार भट्टराईले गृहजिल्ला आएको अवसरमा एमालले आयोजना गरेको चियापान कार्यक्रममा प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने माग गर्दै आएको समूहले अबरोधको प्रयास गरेको हो ।

कार्यक्रमस्थल अगाडि पहिचानवादीहरूले नारा जुलुस गरेपछि एमालेका कार्यकर्ता र पहिचानवादीबीच झडप भएको थियो । त्यसक्रममा ५ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

पहिचानवादीहरूले प्रदर्शन गर्ने क्रममा एमाले कार्यकर्ता र पहिचानवादी समूहका नेता कार्यकर्ताबीच झडप भएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । अहिले अवस्था सामान्य भएको र चियापान कार्यक्रम सुचारु भएको एमालेले जनाएको छ ।

पहिचानवादीहरूले कोशी प्रदेश नामको खारेजी हुनुपर्नेलगायतका माग गर्दै आएका छन् । उनीहरूले गत असार १ गते विज्ञप्ति प्रकाशित गरी भट्टराईलाई जिल्ला प्रवेशमा रोक लगाउने घोषणा गरेका थिए ।

एमाले सचिव भट्टराईको निवास अगाडि पहिचानवादीहरूको प्रदर्शन
गरेपछि युवा संघका कार्यकर्तासँग घम्साघम्सी भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिको कारण अप्रिय घटना हुन नपाएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसैबीच एमाले सचिव भट्टराईले गणतन्त्र अन्त्य गर्छु भन्दै हिंड्नेहरु र पूर्व राजा ज्ञानेन्द्र शाहका गतिविधिहरुमाथि सरकारले तत्काल धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । गणतन्त्र मास्छु भन्नेहरुका गतिविधिमा सरकार मूकदर्शक बनेको उनले आरोप लगाए ।

गृहजिल्लामा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले राजेन्द्र लिङदेनलाई महासचिव र आफू अध्यक्ष बनेर खुल्ला राजनीतिमा आउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौतीसमेत दिएका छन् । पूर्वराजालाई आवास, सुरक्षा लगायतको सुविधा दिएको स्मरण गर्दै उनले यस्ता गतिविधि गरे शाहलाई कारबाही गर्नुपर्ने बताए ।

‘हामीले मानवीय नाताले पूर्वराजाकी आमालाई नारायणहिटीमा बस्न दिएका छौं, पूर्व राजालाई सुरक्षा दिएका छौं, आवास सुविधा दिएका छौं,’ उनले भने, ‘फ्रान्सका राजाले यस्तो सुविधा पाएनन्, अरु देशका राजा कत्लेआम भए, त्यसकारण यो अवस्था बुझ्न म ज्ञानेन्द्र शाहलाई अपिल गर्दछु ।’ शाह व्यापारी भएकाले उद्योग खोल्न र व्यवसायमा लाग्न उनले सुझाबा दिएका छन् ।

धार्मिक सहिष्णुता विथोल्न, अराजकता मच्चाउन, राजनीतिक अस्थितरता मच्चाउन र जातीय सद्धभाव विथोल्ने काम नगर्न भट्टराईले चेतावनी दिएका छन् । समाज पछाडि नफर्कने भन्दै उनले सडकमा नाङ्गो नाच नचाउनुको अर्थ नरहने बताए ।

आइतबार, १० मंसिर, २०८०, दिउँसोको ०४:१२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर