सर्वोच्चको न्यायाधीशमा ६ जनाको नाम सिफारिस

काठमाडौँ । सर्वोच्च अदालतको रिक्त न्यायाधीशका लागि ६ जनाको नाम सिफारिस भएको छ ।

न्याय परिषद्को मंगलबार बसेको बैठकले सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौड्याल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको हो ।

सर्वोच्च अदालतमा ७ जना न्यायाधीशको पद खाली भएपनि ६ जना मात्र सिफारिस गरिएको छ । सिफारिसमा परेकामध्ये ४ जना उच्च अदालतका न्यायाधीशहरू हुन् भने बालकृष्ण ढकाल र सुनिल पोखरेल वकिल पृष्ठभूमिका हुन् । नेपाली काँग्रेस निकक पोखरेल नेपाल बारका पूर्वमहासचिव हुन् ।

नेकपा एमाले निकट ढकाल सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वसचिव हुन् । सर्वोच्च अदालतमा ७ न्यायाधीशको पद खाली थियो । सिफारिस भएका ६ जनाको संसदीय अनुमोदन भएपछि नियुक्ति हुनेछ ।

सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जना न्यायाधीश हुन्छन् ।

मङ्गलबार, ०५ मंसिर, २०८०, साँझको ०५:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर