विराटनगर । इलामको रोङ गाउँपालिकाको किटानी भन्ने स्थानमा बस दुर्घटना हुँदा १ बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलामका प्रहरी प्रमुख एसपी बासुदेव खतिवडाले अन्दाजी ९–१० वर्षको बच्चाको मृत्यु भएको हुनसक्ने बताए । ‘प्रहरीको टोली त्यहाँ पुगेको छ । धनुषाको धारापानीबाट इलाम घुम्न आएको टोली दुर्घटनामा परेको हो,’ उनले भने, ‘९–१० वर्ष जतिको एक जना बालक रुखमा ठोक्किएको अवस्थामा देखिन्छ । उनको लगभग मृत्यु भएको जस्तो देखिन्छ । बाँकी २७ जनाको उद्धार भइसकेको छ । कति जना गम्भीर र कति सामान्य घाइते छन् भन्ने कुरा खुलेको छैन ।’ उक्त बसमा ४० जना यात्रु सवार रहेको बताइएको छ ।