कोशी प्रदेशका दुई जिल्लाबाट २० जुवाडे पक्राउ

विराटनगर । कोशी प्रदेशको झापा र भोजपुरबाट शुक्रबार विहान २० जना जुवाडे पक्राउ परेका छन् ।

प्रहरीका अनुसार झापाको गौरादह नगरपालिका ३ बस्ने युवराज खड्काको घरमा जुवातास खेलिरहेका १५ जनालाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय दमक र गौरादहबाट खटिएको टोलीले ४७ वर्षीय टंक बरालसहितका १५ जनालाई शुक्रबार बिहान पक्राउ गरेको हो । उनीहरूबाट नगद १ लाख ३५ हजार ९२० रूपैयाँ, कौडा १६ थान र ३ बुक तास बरामद भएको प्रहरीले बताएको छ ।

उता भोजपुरको टेम्केमैयुङ गाउँपालिका ९ पान्धारे बजारस्थित सम्झना होटलमा जुवातास खेलिरहेका ५ जना पक्राउ परेका छन् । प्रहरी चौकी पान्धारेको टोलीले होटल सञ्चालक ३६ वर्षीय राजकुमार तामाङसहितलाई गयराति पक्राउ गरेको हो । उनीहरूबाट नगद १३ हजार ४० रूपैयाँ र तास बरामद भएको छ ।

शुक्रबार, ०१ मंसिर, २०८०, बिहानको ११:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर