न्हू दँया भिन्तुनामा विराटनगरमा मोटरसाइकल र्‍याली (तस्बिरहरू)

विराटनगर । नेपाल संवत् ११४४ न्यू दँया भिंतुनाको अवसर पारेर विराटनगरमा मोटरसाइकल र्याली निकालिएको छ । झी : पुच विराटनगरले आज विहान विराटनगरमा मोटरसाइकल र्‍याली  निकालेको हो ।

नेपालमा विक्रम सम्वतकै क्यालेण्डर प्रयोग हुने भए पनि यसलाई मौलिक सम्वतका रुपमा विशेष गरी नेवारी समुदायले नेपाल सम्वतलाई मान्दै आएको छ । नयाँ वर्षको अवसरमा विराटनगरमा नेवार समुदायका व्यक्तिहरु सांस्कृतिक पहिरनसहित विराटनगरमा र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीहरू नेवारी वेशभूषामा सजिएका थिए । झीः पुचबाट निस्किएको र्‍याली नगर परिक्रमा गरी सोही स्थानमा कार्यक्रम गरी मनाइदैछ । झी : पुचमा हुने कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री केदर कार्कीले गर्ने भएका छन् । कार्यक्रममा विभिन्न क्षेत्रको व्यक्तिहरुलाई पनि सम्मान गर्ने भएको छ ।

यसैगरी झी : पुचमा रहेको संग्रालयको पनि शिलन्यास गरिने कार्यक्रम रहेको झीः पुचका अध्यक्ष भविस कुमार श्रेष्ठले जानकारी दिए । जातिय संग्रालय नेवार सामुदाय र अन्य जातिका भेषभूषाहरु राखिने उनले बताए । नेपाल संवत्मा झीः पुचले प्रत्येक वर्ष यस्तो कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ ।

नेपाल संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुवात् गराएका थिए । विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । गरीब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्टिय विभूति घोषणा गरेका थिए ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कार्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात् गर्ने परम्परा समेत काठमाडौँमा अझै छ । आजदेखि सरकारले सरकारी कागजातमा नेपाल संवत् पनि उल्लेख गर्ने निर्णय गरेको जनाइएको छ ।

मङ्गलबार, २८ कार्तिक, २०८०, बिहानको ११:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page