काठमाडौं । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्

प्राविधिक विषयहरू मिलाएर तत्काल टिकटक बन्द गर्ने निर्णय भएको मन्त्री शर्माले बताइन् ।

सामाजिक सद्भाव बिगार्ने काम गरेकाले टिकटक बन्द गर्ने निर्णय भएको भन्दै उनले त्यससम्बन्धी आवश्यक व्यवस्था सञ्चार मन्त्रालयले मिलाउने बताइन् ।