विराटनगर । नेपालीहरुको चाड तिहार सुरु भइसकेको छ । यो पर्व काग तिहारदेखि भाइटीकासम्म पाँच दिन मनाइन्छ।

यी पाँच दिनलाई यमपञ्चक भनेर भन्ने गरीएको छ । शनिबार (भोली) देखि यस वर्षको तिहारको यमपञ्चक सुरु हुँदैछ। तिहारमा लक्ष्मीपूजा र भाइटीकालाई विशेष रूपमा मनाइने गरिन्छ।

लक्ष्मीपूजाको साँझ घर–घरमा लक्ष्मीको पूजासहित द्वीप प्रज्ज्वलन गर्ने प्रचलन रहेको छ भने भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको आरोग्य एवं दीर्घायुको कामना गर्दै भाइटीका लगाइदिने गर्दछन्। तिहारलाई लक्षित गरेर विराटनगरमा किनमेल गर्नेको शुक्रवार भिड लागेको छ ।