काठमाडौं । मगुको छायानाथ रारा नगरपालिका–६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । आपन्तले नै उक्त हत्या गरेको प्रहरीले जनाएको छ ।

मुगुकै छायानाथ रारा नगरपालिका घर भई हाल बाँकेको कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही सहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेकालाई प्रहरीले आज सार्वजनिक गर्दै छ ।

कात्तिक ८ गते रारा नगरपालिका ६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्याभएको थियो । हत्या हुनेमा २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोराहरू ११ वर्षीय मनोज र ८ महिनाका रहर तथा ८ वर्षीया छोरी अप्सरा रहेका छन् ।