काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएई जाने भएका छन् ।
यूएईको दुबईमा मंसिर १४ देखि २६ गतेसम्म हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलन (कोप–२८)मा सहभागि हुन प्रधानमन्त्री जान लागेका हुन ।
वन तथा वातावरण मन्त्रालयले उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागितालाई प्रभावकारी बनाउन तयारी थालेको छ।
कोप–२८ मा नेपालको तयारी अवस्था र सुझाव सङ्कलन कार्यक्रममा प्रधानमन्त्रीका विकास व्यवस्थापन विज्ञ डा। पपुलर जेन्टलले सम्मेलनमा प्रधानमन्त्री प्रचण्डको सहभागिता हुनेबारे जानकारी दिए। प्रधानमन्त्रीको नेतृत्वमा मन्त्रीलगायत विज्ञसम्मिलित रहेको प्रतिनिधिमण्डलले सम्मेलनमा भाग लिने बताइएको छ।

