कोशी प्रदेश योजना आयोगमा राजनीतिक विश्लेषक आचार्य नियुक्त

विराटनगर । कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा नेपाली काँग्रेस निकट बुद्धिजीवी पुरञ्जन आचार्य नियुक्त भएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विराटनगर ८ का आचार्यलाई योजना आयोगको अध्यक्षमा नियुक्त गरेको हो । विराटनगर घर भएपनि उनी वर्षौदेखि काठमाडौंमै बस्दै आएका छन् ।

राजनीतिक विश्लेषकको रुपमा चिनिने आचार्य नेपाली कांग्रेसमा डा.शेखर कोइराला निकट बुद्धिजीवी हुन् । उनले कांग्रेसको आन्तरिक राजनीति र यसले राष्ट्रिय राजनीतिमा पार्ने प्रभावबारे लेख रचना लेख्दै आएका छन् । उनी काँग्रेसको गत महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए ।

आचार्यले नेपाल रेडक्रस सोसाइटीको प्रोजेक्ट मेनेजरको रुपमा काम गरेका थिए । उनी प्लान इन्टरनेशनलको टिम लिडरसमेत रहेका थिए ।

आचार्यलाई नियुक्त गरि मुख्यमन्त्री कार्कीले सपथसमेत गराएका छन् ।

बुधबार, २२ कार्तिक, २०८०, साँझको ०६:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर