विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो ध्यान सरकार टिकाउनु मात्रै नभएको बताएका छन । उनले सुशासन कायम गरी जनअधकारप्रति उत्तरदायी भएर कार्य गर्ने समेत बताएका छन ।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज विराटनगरमा आयोजित आर्थिक वर्ष २०७९/८० मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठी शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले जनताको स्वास्थ्य र सुरक्षाप्रति सरकार संवेदनशील रहेको बताएका छन
कार्कीले बजेट प्रतिस्थापन विधेयकमार्फत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी फरक ढङ्गले काम गर्ने प्रतिबद्धता पनि जनाएका छन ।मुख्यमन्त्री कार्कीले जनसेवा र जनसुरक्षामा कमी हुन नदिन नयाँ स्वास्थ्य सुरक्षा नीति चाँडै घोषणा गरिने जानकारी दिए ।
जनतालाई स्वस्थ बनाउन सेवा प्रवाहमा कुनै किसिमको हेलचेक्रयाई नगर्न निर्देशन दिँदै मुख्यमन्त्री कार्कीले नैतिकवान भएर स्वास्थ्य सेवा उपलब्ध गराउन पनि आग्रह गरेका छन ।