विराटनगर । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटिकाको उत्तम साइत सार्वजनिक गरेको छ ।
समितिका अनुसार कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा भाईटिकाको शुभ साइत रहेको छ । यद्यपी सो दिन दिनभर भाइटिका लगाउन सकिन्छ ।
यो वर्ष तिहार कात्तिक २५ गतेबाट सुरु हुँदैछ । २५ गते कागतिहार रहेको छ भने २६ गते लक्ष्मी पुजा, २७ गते गाईतिहार र २८ गते गोवर्धन पुजा रहेको छ ।

