कोशी प्रदेशसभा : भुकम्पबाट मृत्यु भएकाहरुप्रति शोक प्रस्ताव पारित

विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकले कर्णाली प्रदेशमा गएको भुकम्पमा परी मृत्यु भएका नागरिकको शोकमा शोक प्रस्ताव पारित गरेको छ ।

प्रदेशसभाको बैठकले घाइते भएकाहरुको शीर्घ स्वास्थ्य लाभको कामना गर्दै उद्धार र राहतको लागि सबैपक्षलाई आव्हान पनि गरेको छ ।

गत शुक्रबार कर्णाली प्रदेशको जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युटको भुकम्प जाँदा १५३ जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।

सोमबार, २० कार्तिक, २०८०, दिउँसोको ०३:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर