विराटनगर । कोशी प्रदेशसभाको चौथो अधिवेशनको चौथो बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । अर्को सूचना जारी नभएसम्म कात्तिक १ गते स्थगन गरिएको सो बैठक कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम बैठक बस्न लागेको हो ।
बैठकको कार्यसूचि आइतबार तय गरिएको छैन । बैठक बस्नु अगाडि कार्यसूचि तय हुने प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।
कोशी प्रदेश सभामा स्थानीय सेवाका सर्त र सुविधालाई व्यवस्थित गर्न बनेको विधेयकमात्र बिजनेशको रुपमा रहेको छ । त्यसबाहेक प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको बजेट सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पनि सरकारले लैजाने तयारी गरिरहेको छ ।