काठमाडौं । शुक्रबार राति गएको शक्तिशाली भूकम्पपछि मृत्यु भएका १५७ मध्ये १२० जनाको शव प्रहरीले आफन्तलाई बुझाएको छ ।

भूकम्पबाट जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएकामा १२० जनाको शव आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

रुकुम पश्चिममा भएकोमृत्यु भएका सबै ५२ शव आफन्तले बुझिसकेका छन् । जाजरकोटमा मृत्यु भएकामध्ये ६८ जनाको शव पनि परिवारलाई जिम्मा लगाइएको छ ।

बाँकी ३७ जनाको शव प्रक्रिया पुरा गरेर आफन्तलाई जिम्मा लगाउने प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार घटनामा परेर जाजरकोटमा १०६ र रुकुम पश्चिममा १३२ जना घाइते भएका छन् ।