विराटनगर । नेकपा एकीकृत समाजवादी जिल्ला कमिटि मोरङले दशैँ, तिहार, छठलगायतका चाडपर्वहरूको अवसरमा गरेको शुभकामना आदान प्रदान कार्यक्रममा एमाले सहभागि भएको छ ।
२०७८ भदौ २ गते एमालेबाट अलग भएर गठन भएको एकीकृत समाजवादीलाई एमालेले अलग दलको रुपमा स्वीकारेको थिएन । यसअघि एकीकृत समाजवादीले गर्ने कार्यक्रमहरु एमालेले वहिस्कार गर्दै आएको थियो ।
एमाले मोरङका उपाध्यक्ष बाबुराम कार्की शुभकामना आदानप्रदान कार्यक्रममा सहभागि भएका थिए । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले एकीकृत समाजवादी र एमालेका एजेन्डा मिल्ने बताएका थिए । प्रमुख अतिथि रहेका माधब नेपालले पनि विचार नमिलेका कारण एमालेबाट अलग भए पनि धेरै एजेन्डाहरु मिल्ने बताएका थिए ।
उक्त कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य तथा माओवादी केन्द्रका नेता अमनलाल मोदी, नेपाली काग्रेस मोरङका उपसभापति भक्तिनाथ माझि, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, उद्योगिहरु राकेश सुराना,पवन सारडाले शुभकामना मनतव्य राखेका थिए । कोशी प्रदेशका मन्त्रीहरु गणेश उप्रेति, कमल जबेगु लगायतका नेताहरुको समेत सहभागिता रहेको थियो ।