काठमाडौं । आज (विहिवार)दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रहने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागमा भने मौसम सफा रहने छ ।

यस्तै देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन(चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यसैगरी देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको अनुमान छ ।

‘राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ,’ महाशाखाले बिहीवार बिहान जारी गरेको सूचनामा उल्लेख छ ।