काठमाडौं । ठगी तथा सरकारी कागजात कीर्तेमा संलग्न रहेको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी जवान जीवराज तामाङ पक्राउ परेका छन् । विमानस्थलमा कार्यरत प्रहरी जवान तामाङलाई सोमवार नेपाल प्रहरीले पक्राउ गरेको हो ।
तामाङ नक्कली सरकारी कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको बताइएको छ ।
तामाङलाई पक्राउ गरी अदालतबाट म्याद लिएर अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।

