धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ मङ्गलवार कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई भेटेका छन् ।

मेयर साम्पाङले मुख्यमन्त्री कार्कीलाई इटहरी र धरानको सिमाना विवाद टुङ्ग्याइदिन आग्रह गरेका थिए । यस्तै, खानेपानीको विषयमा पनि मुख्यमन्त्री कार्कीसँग कुराकानी भएको मेयर साम्पाङले बताए ।

भेटको क्रममा मुख्यमन्त्री कार्कीले प्रदेश र नगरको साझेदारीमा खानेपानी समस्या समाधान गर्नुपर्ने धारणा राखेका थिए ।

धरानको खानेपानीको समस्या हल गर्न प्रदेश र सङ्घलाई पनि जोड्न प्रयत्न गर्ने मुख्यमन्त्रीले बताएका थिए । काकाकुल धरानको प्यास मेटाउन नगर र प्रदेश सरकारको साझेदारीमा काम गर्नुपर्ने मुख्यमन्त्री कार्कीले बताएका थिए ।

मुख्यमन्त्री कार्कीलाई मेयर राईले रुद्राक्षको माला लगाएर बधाई दिएका थिए ।