जसपा कोशी प्रदेश सरकारमा सहभागी नहुने

विराटनगर । जनता समाजवादी पाटी (जसपा) कोशी प्रदेश सरकारमा सहभागी नहुने भएको छ । मंगलवार प्रदेश पाटी कार्यालय इटहरीमा बसेको प्रदेश कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागि नहुने निर्णय गरेको छ ।

तत्काल कोशी प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको जसपाका प्रदेश कमिटीका अध्यक्ष दीपक याक्खा लिम्बुले बताए । जसपाले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत भने दिएको थियो । सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने भएको छ ।

पहिचानको आन्दोलनको कारण देखाउँदै जसपाले सरकारमा सहभागी नहुने बताएको हो । ‘मुख्यमन्त्रीले पहिचानको आन्दोलनका विषयमा कुनै धारणा सार्वजनिक गर्नु भएको छैन,’ प्रदेश अध्यक्ष याक्खाले भने मुख्यमन्त्री ज्युले पहिचान पक्षधररुलाई सम्बोधन हुने गरी धारणा सार्वजनिक गर्नु भयो भने अनि छलफल गर्छौ ।’

मुख्यमन्त्री केदार कार्कीलाई भने मन्त्रीमण्डल विस्तार गर्ने गर्न नेकपा एमालेले दबबा दिइरहेको छ ।  तर उनले नेकपा एमाले तथा गठबन्धनलाई भने विभिन्न बहाना बनाएर अलमल्याइ रहेका छन ।

मङ्गलबार, १४ कार्तिक, २०८०, साँझको ०५:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर