विराटनगर । निजी क्षेत्रको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले मोरङको जहदामा उच्च गतिको फाइबर इन्टरनेट सेवा शुभारम्भ गरेको छ ।
आइतबार वर्ल्डलिंकले जहदामा काठमाडौँकै गुणस्तर बराबरको एफटीटीएच फाइबर इन्टरनेट सेवा सुरु गरेको हो ।
यससँगै जहदामा तारसहितको फाइबर इन्टरनेट र नेट टिभी (आइपि टिभी) सेवा विस्तार गर्ने पहिलो कम्पनी वर्ल्डलिंक बनेको छ । जहदालाई उच्च गतिको इन्टरनेटबाट जोड्न पाउँदा हर्षित र उत्साहित भएको वर्ल्डलिंक विराटनगर शाखाका प्राविधिक विभागका प्रमुख केशव कुमार दासले जानकारी दिए ।
काठमाडौँकै गतिको ३०० एमबिपिएस सम्मको इन्टरनेट सुरुवात भएको र अब यसले सिङ्गो जहदा गाउँपालिका जोड्ने केशव कुमार दासले बताए । जहदामा फाइबर इन्टरनेट सुरुवात व्यापार मात्रै नभएर सबैलाई जहाँ पनि जहिले पनि जोडने कम्पनीको भिजन भएको र यो देशलाई जोड्ने अभियान भएको पनि कम्पनीले बताएको छ ।

