कात्तिक १८ गते नेकपा एस मोरङले शुभकामना आदानप्रदान गर्ने

विराटनगर । दशैँ, तिहार, छठलगायतका चाडपर्वहरूको अवसर पारेर नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी मोरङले कात्तिक १८ गते शनिवार शुभकामना आदान प्रदान गर्ने भएको छ ।

आइतबार पाटी कार्यालय विराटनगरमा जिल्ला कमिटीका पदाधिकारी र महानगर कमिटीका पदाधिकारीको संयुक्त बैठकले १८ गते पाटी अध्यक्ष माधव कुमार नेपालको प्रमुख आतिथ्ययतामा चियापान गर्ने निर्णय गरेको हो ।

चिया पान कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, राजनीतिक दलहरूलाई समेत निमन्त्रणा गरिने नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटीका अध्यक्ष चन्द्रवार राईले बताए । उद्योगी व्यापारीहरूलाई समेत शुभकामना आदान प्रदान कार्यक्रममा निमन्त्रण गरिने अध्यक्ष राईले बताए । विष्णुमाया पुस्तकालयमा कार्यक्रम गरिने नेकपा एस मोरङले जनाएको छ ।

प्रदेश कम टिका सचिव महेश रेग्मीको प्रमुख आतिथ्ययतामा बैठक बसेको थियो ।

आइतबार, १२ कार्तिक, २०८०, साँझको ०५:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर