काठमाडौँ । चार दिने नेपाल भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेस र प्रधानमन्त्री ‘प्रचण्डबीच भेटवार्ता भएको छ ।
सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार अपराह्न प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटरेसबीच भेटवार्ता भएको हो ।
दुई नेताबीचको भेटवार्तामा नेपालको शान्तिप्रक्रिया र जलवायु परिवर्तनबारे छलफल भइरहेको बुझिएको छ । यसअघि गुटरेसले उपप्रधान तथा रक्षामन्त्री पुर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग सिंहदरवारमै भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि गुटरेसले संसद भव नयाँ बानेश्वरमा पुर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्दैछन् । उनले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग पनि भेटवार्ता गर्नेछन् ।
महासचिव गुटरेसले मंगलबार संघीय संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग उनले मंगलबार नै भेट गर्नेछन् ।
नेपालको चारदिने औपचारिक भ्रमणका लागि गुटेरेस आजै नेपाल आइपुगेका हुन् । यसअघि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री साउदसहितको टोलीले स्वागत गरेको थियो ।