विराटनगर । झापाको अर्जुनधारामा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
अर्जुनधारा नगरपालिका ३ खुदुनाबारी स्थित भित्री पक्की सडक खण्डमा स्कुटी र मिनि ट्रक ठक्कर खाँदा दुई जनाको मृत्यु भएको हो ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु १ च ६८६३ नम्बरको मिनि ट्रक र विपरीत दिशाबाट जाँदै गरेको मे ५ प ४४८५ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटर चालक यम भट्टराईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार भएको दुर्घटनामा परि सोही स्कुटर पछाडि सवार रोशन मगरको टाउकोमा चोट लागेकोमा उपचारका क्रममा बि एन्ड सी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो ।

