मोरङ । नेपाल पत्रकार महासंघ मोरङको कार्यबाहक अध्यक्ष मोहन भट्टराईको आयोजनामा आज (शनिबार) शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम समापन भएको छ ।

मोरङ उर्लाबारीको पर्यटकीय क्षेत्र बाँसेचौरीमा आयोजित कार्यक्रममा प्रेस चौतारी नेपालको केन्द्रीय लेखा आयोगका सदस्य केदार चौहान, फोनिज केन्द्रीय अनुशासन आयोगको संयोजक अर्जुन जम्नेली राई, प्रेस सेन्टरका केन्द्रीय सदस्य भक्तशेर लिम्बू, अम्बिका भण्डारीले महासंघको कार्यबाहक अध्यक्षको जिम्मेवारी लिएकोमा बधाई तथा शुभकामना दिएका थिए ।

त्यसैगरी सञ्चार क्लव उर्लाबारीका अध्यक्ष कुमार खड्का, प्रेस युनियनका मोरङ जिल्ला सदस्य प्रेम केडी भट्टराई, प्रेस मञ्च मोरङ सदस्य छबि ढकाल, प्रेस चौतारी मोरङका सदस्य ईश्वर दुलाल, धिमाल पत्रकार सञ्चको केन्द्रीय अध्यक्ष बिजय धिमाल, किरात राई पत्रकार संघ मोरङको अध्यक्ष बिजय खम्बू, अग्रज पत्रकार घनश्याम भण्डारीलगायतले शुभकामना दिएका थिए ।

नेपाल पत्रकार महासंघ मोरङको सहसचिव प्रशान्त निरौला, सदस्य नवराज भट्टराई, प्रेस सेन्टर पूर्वी मोरङ शाखाका अध्यक्ष सरोज बस्नेत, मोरङ जिल्ला सचिव हरी अधिकारीलगायतले कार्यबाहक अध्यक्ष मोहन भट्टराईलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

बधाई शुभकामना मन्तव्यपछि कार्यबहाक अध्यक्ष मोहन भट्टराई महासंघको विधान बमोजिम प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस मञ्च लगायत सबै संगठनको जिल्ला, प्रदेश र केन्द्रीय नेताहरुको सहमतिमै आफू कार्यबाहक अध्यक्षको जिम्मेवारी लिएको बताए । छोटो समय (कार्यकाल) बाँकी रहेको कारण उपाध्यक्ष तारा आचार्यलगायत पदाधिकारी सदस्यहरुको सहयोगमा काम गर्ने अध्यक्ष मोहन भट्टराईले बताएका छन् । दशैं, तिहारको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना भएको हो ।

अधिकांश वक्ताहरुले संस्था सँधै विधि, विधान अनुसार चल्नुपर्ने बताएका थिए । महासंघको निर्वाचित अध्यक्ष संजीव खनाल वैदेशिक रोजगारीमा गएपछि महासंघमा विवाद थियो । महासंघको केन्द्रीय समितिको साथै प्रदेश समितिको अध्यक्ष लिलावल्लब घिमिरे र महासचिव विवेक गौतम दुबै जनाको हस्ताक्षरसहित विधान अनुसार कार्यबाहकको जिम्मा मोहन भट्टराईलाई दिएको हो ।