विराटनगर । मेट्रो लायन्स क्लब द्वारा बिराटनगर २ स्थित जनता नमुना मा बिमा अध्ययनरत प्राथमिक तहका बिद्यार्थीहरुलाइ स्टेशनरी तथा ब्याग बितरण कार्यक्रम सम्पन्न भएको छ ।
बिराटनगर मेट्रो लायन्स क्लबका अध्यक्ष लायन बलराम गिरिको सभापतित्वमा सम्पन्न कार्यक्रममा डिस्टिक गभर्नर बिजयहरी शर्मा, बिधालय ब्यबस्थापन समिती अध्यक्ष मनोज बिक्रम शाह प्र अ इश्वर घिमिरे , महानगर शिक्षा शाखा प्रमुख सुशील दाहाल ,समाजसेवी देवेस प्रधान , लियो सेन्ट्रल अध्यक्ष जीवन यादव र सस्थापक अध्यक्ष कैलाश खाकी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
त्यस्तै बक्तृत्वकला प्रतियोगिता समेत सम्पन्न भएको थियो जसमा प्रथम बबिता राजबशी , दोस्रो कमला निरौला, तेस्रो समीर राजबशी भएका थिए ।
बिराटनगर मेट्रो लायन्स सेवा मुलक सस्थाका रुपमा उदाएको र बिद्यार्थीको चौतर्फी बिकास हुनु पर्छ भन्ने मान्यता अनुरुप क्लबले विभिन्न कार्यक्रम आयोजना गर्ने गरेको र आगामी दिनमा समेत सामाजिक कार्यमा सक्रिय रहने अध्यक्ष बलराम गिरिले बताउनु भयो ।
त्यस्तै डिस्ट्रीक गभर्नर बिजयहरी शर्माले आफू समेत सोही बिधालयको पुर्व बिद्यार्थी भएको र कार्यक्रममा उपस्थित हुन पाउँदा छुट्टै उत्साह थपिएको बताउदै लायन्स सामाजिक कार्यमा सधै अग्रणी सस्थाका रुपमा समाजमा कार्य गर्ने गरेको जानकारी दिनु भयो ।
त्यस्तै बिधालय ब्यबस्थापन समितीका अध्यक्ष मनोज बिक्रम शाहले सामाजिक कार्यका लागि जनता स्कुल छनोट गरेकोमा आभार ब्यक्त गर्दै आगामी दिनमा समेत क्लबले गर्ने कार्यमा आफ्नो समेत सहयोग रह्ने बताउनु भयो ।
सस्थापक अध्यक्ष कैलाश खाकी श्रेष्ठले आठ बर्ष सम्म निरन्तर क्लबले कार्य गरेर समाजमा छुट्टै पहिचान बनाउन सफल भएको र अध्यक्ष बलराम गिरिले त्यसमा एउटा इट्टा थप्ने कार्य गरेको मा सस्थापक अध्यक्षका रुपमा आफू लाई खुसी लागेको बताउनु भयो ।

