विराटनगर । मनाङ एयरको हेलिकप्टर शनिबार बिहान सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ । लुक्लाबाट बिहान ७ बजेर १३ मिनेटमा सोलुखुम्बुमा पर्यटक लिन गएको मनाङ एयरको ९ एनएएनजे कलसाइनको हेलिकप्टर अवतरण गर्ने बेला दुर्घटनामा परेको हो ।

हेलिकप्टरमा पाइलट मात्रै सवार थिए । दुर्घटनामा घाइते भएका पाइलट प्रकाशकुमार सेढाईंलाई फिस्टेल एयरको हेलिकप्टरमा उपचारका लागि काठमाडौं ल्याइँदै छ ।

दुर्घटनाको कारण खुलिसकेको छैन । असन्तुलित भएर हेलिकप्टर दुर्घटना भएको अनुमान गरिएको छ । दुर्घटनापछि जहाजमा आगलागी भएको छ । मनाङ एयरको यो एउटा मात्रै हलिकप्टर हो । जहाज लुक्लामै रहेको थियो ।