विराटनगर । पार्टी निर्णयविपरीत गठबन्धन तोडेर नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका काँग्रेस नेता केदार कार्कीले सपुतहरुले मात्र लिक छोड्ने हिम्मत गर्ने सन्देश दिएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा हस्ताक्षर सनाखत गर्ने कार्यक्रम सुरुहुनु भन्दा करिब एक घण्टा अगाडि सामाजिक सञ्जाल फेसबुकमा एक सायरी पोष्ट गर्दै कार्कीले गाडी र कपुतहरु लिकमा चल्ने तर शेर र सपुतले लिक छोड्ने आँट गर्ने बताएका हुन् ।
उनले बिहान पोष्ट गरेको सायरीले भन्छ ‘लिक लिक गाडी चले, लिकही चले कपुत, लिक छोडी तीनो चले सायर, शेर, सपुत ’ ।
पार्टी निर्णय, विधान, पद्दति र परम्पराविरुद्ध नउभिन नेतृत्वले दवाव दिएपछि उनले विधि, विधान र लिकमा चल्नेहरुलाई कपुतको संज्ञा दिएका हुन् भने विद्रोह गर्नेहरुलाई सपुत , सिंह९शेर० र सायर९कवि०को संज्ञा दिएका हुन् ।