कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै प्रदेशसभाका ४७ सदस्य प्रदेश प्रमुखको कार्यालयमा

विराटनगर । नेपाली कांग्रेसका सांसद केदार कार्कीलाई कोशीको मुख्यमन्त्री नियुक्त गर्न माग गर्दै एमाले र काङ्ग्रेसको शेखर कोइराला पक्षका ४७ सांसद शशरीर प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् ।

मुख्यमन्त्रीमा कार्कीलाई नियुक्तका लागि दबाब दिन प्रदेश प्रमुखको कार्यालय पुगेका एमाले र कांग्रेसका विद्रोही सांसदहरुले शशरीर उपस्थित भएको निवेदनसमेत दिएका छन् ।

एमालेका ३९ र कांग्रेसको कोइराला समूहका ८ सांसदले कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन दिएको पत्र हिजै दर्ता भैसकेको छ । गठबन्धन दलको तर्फबाट माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोको पनि दाबी पेस भएको छ ।

मुख्यमन्त्री नियुक्तिको लागि दाबी पेश गर्न प्रदेश प्रमुखले आज साझ ५ बजेसम्मको समय दिएका थिए । अहिले नियुक्तिको बारेमा प्रदेश प्रमुख पर्शुराम खापुङ परामर्शमा रहेको बताइएको छ ।

शुक्रबार, २६ असोज, २०८०, साँझको ०५:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर