कांग्रेसको कार्यसम्पादन समितिको बैठक

मुख्यमन्त्रीमा पेश गरेको दाबी फिर्ता लिन केदार कार्कीलाई आग्रह

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिले  केदार कार्की र केदार कार्कीलाई प्रदेश मुख्यमन्त्रीमा समर्थन गर्ने अन्य ७ सांसदलाई हस्ताक्षर फिर्ता लिन आग्रह गरेको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रले थप केही निर्देशन दिएमा त्यसको निर्णय गर्ने अधिकार प्रदेश पदाधिकारीलाई दिने निर्णय पनि गरेको प्रदेश महामन्त्री उमेश थापाले जानकारी दिए ।

केन्द्रले मुख्यमन्त्रीमा नेकपा माओवादीका इन्द्र आङबोलाई समर्थन गर्ने निर्णय गरेको भए पनि कांग्रेस कोशीका सांसद केदार कार्कीले पार्टीका अरु ७ र नेकपा एमालेका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।

शुक्रबार, २६ असोज, २०८०, दिउँसोको ०२:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर