मुख्यमन्त्रीमा माओवादी नेता आङ्बोको दाबी

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी पेश गरेका छन् । सत्ता गठबन्धन दलको समर्थनमा नेता आङ्बोले मुख्यमन्त्री पदमा दाबी गरेका हुन् । बिहीबार साँझ उनले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष दाबी पेश गरे ।

उनलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको संसदीय दलको समर्थन छ ।

बिहीबार नै नेपाली कांग्रेसका नेता केदार कार्की पनि नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालय पुगेका छन् । उनले कांग्रेसकै ८ र एमालेका ३९ सांसदको हस्ताक्षर लगेका छन् ।

बिहिबार, २५ असोज, २०८०, साँझको ०६:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर